देश/प्रदेश

रोल्पाको गङ्गादेवमा झडप: तरुणदलका वडाध्यक्ष घाइते

Banner

रोल्पा, २७ वैशाख-
रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ ।

झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिनुभयो ।

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>