चितवन विशेष

भरतपुर महानगरका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता

Banner

चितवन, वैशाख २०–

भरतपुर महानगरपालिकामा वडा नम्बर २४ मा रहेका सुकुम्बासीहरुले आफुहरुको स्थायी बसोबासका लागि आग्रह गरेका छन् । घरदैलो तथा चुनाबी सभा कार्यक्रममा उनीहरु सत्ता गठवन्धनका तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका उम्मेदवारहरुलाई आफूहरुको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

स्थानीय मन्दिर परियारले लामो समयदेखि आफूहरु सुकुम्बासीको रुपमा रहेको बताउँदै अब आफूहरुले जग्गा धनिपुर्जा पाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कहिले सम्म हामी सुकुम्बासी हुने ।” सुकुम्बासी आयोगको नाममा भएको नापचाँज पछि पुर्जा पाउने आसमा रहेका उनीहरुले अहिले सत्ता गठवन्धनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उहाँले थप्नुभयो “स्थानीय सरकार र संघिय सरकार आए पछि हाम्रो कुराको सुनुवाई पछिल्लो सरकारले गरेको हो । अब आशा छ जग्गा पनि चाँडैं पाईन्छ । केपी ओलीको नेतृत्वमा रहेको सरकारले बनाएको आयोगले काम गर्न नसक्दा आफूहलाई पिडा भएको थियो ।”

यस्तै अर्की मनु बारघरे मगर लामो समयदेखि जग्गा धनि पुर्जा बिना बस्दै आउनु भएको छ । उहाँले चाँडो पुर्जा वितरणको पहल गर्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो “आँपटारीका जग्गा धनिले त पुर्जा पाए हामीले कहिले पाउँछौ ।” जनता अहिलेको सत्ता गठवन्धन संग आसाबादी रहेको उहाँको भनाई थियो ।

सो अबसरमा बोल्दै महानगर प्रमुख र उपप्रमुखका प्रत्यासी रेनु दाहाल र चित्रसेन अधिकारीले स्थानीय, संघिय र प्रादेशीक निर्वाचनमा सत्ता गठवन्धनलाई विजयी गराए आयोगले पुर्जाको कामलाई तत्काल सक्ने बताउनुभयो । सरकार फेर बदल हुँदा आयोगको नेतृत्व समेत फेरबदल हुने भन्दै अहिलेको गठवन्धनलाई निरन्तरता दिन सकेमा मात्रै चाँडो समस्या समाधान हुने बताउनुभयो । महानगर प्रमुखका प्रत्यासी रेनु दाहालले सुकुम्बासीहरुको समस्या समाधानका लागि पहल भई सकेको बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासीहरुको समस्या आगामी कार्याकालमा पूर्ण रुपमा समाधान हुन्छ ।”

महानगर उपप्रमुखका उम्मेदवार अधिकारीले समाज परिवर्तनका लागि सुकुम्बासी समसया समाधान गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “समाजको बिकास मानब बिकासबाट सुरु हुन्छ ।” जवसम्म नेपालमा सुकुम्बासी समस्या समाधान हुँदैन तव सम्म नेपाली समाज पछि पर्ने उहाँको भनाई थियो ।

नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा सभापति शशि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकुम्बासी बस्तिबाट सत्ता गठवन्धनका उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको थियो ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>