अन्तर्राष्ट्रिय

भारतमा ताप लहर घट्दै, केही दिनमा वर्षा हुने

Banner

नयाँ दिल्ली, वैशाख १९-

भारतका अधिकांश भागहरूमा ताप लहरको अवस्था कम हुँदै गइरहेको त्यहाँको मौसमसम्बन्धी कार्यालयले जनाएको छ । आगामी तीन दिनमा हल्का वर्षा हुने कार्यलयले अनुमान गरेको छ ।

भारतमा यस वर्ष अत्यधिक गर्मी बढेको छ । लाखौं मानिसहरू गर्मीको जोखिममा रहेका वैज्ञानिकहरूले चेतावनी दिएका छन । बढ्दो गर्मीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ ।

अप्रिलमा देशका धेरै भागहरूमा उच्चतम औसत तापक्रम रेकर्ड गरिएको छ । अधिक गर्मी मेसम्म रहने अनुमान गरिएको छ ।

उत्तरपश्चिम र मध्य भारतमा अप्रिलमा क्रमशः ३५ दशमलब ९ र ३७ दशमलब ७८ सेल्सियस औसत अधिकतम तापक्रम रेकर्ड गरेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>