देश/प्रदेश

अब सरकारी कार्यालय बिहान ९ बजे खुल्ने साढे ५ बजे बन्द हुने

Banner

चितवन, वैशाख १४-

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कार्यालय बिहान ९ बजे खुल्ने र साँझ ५ बजे बन्द हुने व्यवस्था गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ । अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् । पेट्रोलियम पदार्थको महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव राखेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>