चितवन विशेष

यी हुन् भरतपुर महानगरपालिकामा नेकपा एमालेका उमेदवार

Banner

चितवन,बैशाख १४-

वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राप्रपा बीच चुनावी तालमेल भएको छ । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङले उमेदवारी दिएकी छन् । उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । गठबन्धनको दल नेपाली कांग्रेस चितवनको मत तीन समूहमा विभाजन भएपछि मेयर र उपमेयरको जीतका लागि एमाले–राप्रपालाई सहज हुने देखिएको छ ।

वडाध्यक्षका उमेदवार यी हुन्

वडा नं १ मा शुक्रकुमार श्रेष्ठ, वडा नं २ मा कृष्ण बहादुर केसी, वडा नं ३ मा विकास थापा, वडा नं ४ मा भानु भक्त सापकोटा, वडा नं ५ मा पदमपाणी सुवेदी, वडा नं ६ मा डोलनाथ अधिकारी, वडा नं ७ मा सनत कुमार लामिछाने र वडा नं ८ मा तिलक बहादुर दर्लामी मगरले उमेदवारी दर्ता गराएका छन् ।

वडा नं ९ मा लिला बल्लौ भुषाल, वडा नं १० मा भक्ति प्रसाद गौतम, वडा नं ११ मा कमल बहादुर मल्ल, वडा नं १२ मा लेखराज पन्त, वडा नं १३ मा शान्त राज आचार्य, वडा नं १४ मा हरिकृष्ण गुरुङ, वडा नं १५ मा विशेश्वर न्यौपाने र वडा नं १६ मा इन्द्र बहादुर बस्नेत क्षेत्री रहेका छन् ।

त्यस्तै, वडा नं १७ मा बुद्धिमान लामा, वडा नं १८ मा बाबुराम रानामगर, वडा नं १९ मा प्रकाश तमाङ, वडा नं २० मा देवबहादुर तमाङ, वडा नं २१ मा दिलिप न्यौपाने, वडा नं २२ मा सोमबहादुर गुरुङ, वडा नं २३ मा बाबुलाल थिङ्ग र वडा नं २४ मा कान्छा मल्ल अध्यक्षको उमेदवार छन् ।

वडा नं २५ मा कमल बहादुर गोदार, वडा नं २६ मा भुपाल नाथ कंडेल, वडा नं २७ मा राधादेवी क्षेत्री, वडा नं २८ मा डण्डपानी रिजाल र वडा नं २९ मा मनबहादु मगर वडाध्यक्षको उमेदवार बनेका छन् । यद्यपी वडा नं १५ र २६ राप्रपालाई छाड्ने सहमति भएको छ । राप्रपाले वडा नं १५ को अध्यक्षमा गोपाल गुरुङ र वडा नं २६ को अध्यक्षमा सन बहादु गुरुङलाई उठाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>