अन्तर्राष्ट्रिय

कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

Banner

बोगोटा, वैशाख १४-

यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो ।

कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन् । उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूविरुद्धमा थिए ।

अनुगमनकर्ताहरूका अनुसार अधिकारबादीहरूका लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो । कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन् । पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन् ।

मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन, जसको हत्याले देश नै स्तब्ध बनेको थियो । आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>