धादिङ

धादिङमा बस र कार ठोक्किंदा ५ जनाको मृत्यु

Banner

धादिङ,बैशाख ११-

धादिङको थाक्रे गाउँपालिका–७ मा बस र कार ठोक्किंदा कारमा सवार ४ भारतीय र १ नेपाली नागरिकको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले विपरीत दिशामा रहेको प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा कार चालक तनहुँका दिलबहादुर बस्नेतसहित भारत उत्तरप्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवालको रहेका जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

विमलचन्द्रको टिचिङ अस्पतालमा र अन्यको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने भारतीय नागरिकहरु नेपाल घुम्न आएका र उनीहरु एउटै परिवारका हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>