चितवन विशेष
रत्ननगरको मेयरमा तीन र उपमेयरमा दुई जनाको उम्मेदवारी दर्ता

चितवन, वैशाख ११-
रत्ननगरको मेयरमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको पहिलो दिन आज मजदुर किसान पार्टीका पुनाराम शर्मा, जनता समाजवादी पार्टीका यदुकृष्ण भट्ट र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका धनबहादुर थिङले मेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिएका हुन् । त्यसैगरी उपमेयरमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
जनता समाजबादी पार्टीबाट गोमादेवी देवकोटा र मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट ईंश्वरी गुरुङले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन । वडाध्यक्षमा एक स्वतन्त्र सहित तीन जनाले उम्मेवारी दिएका छन् । वडा नं १६ को वडाध्यक्षमा हरिकृष्ण श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । वडा नं ११ मा नेपाल मजदुर किसान पार्टीबाट मोहनबहादुर प्रजा,सोही वडामा मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट शेरबहादुर गुरुङले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
महिला सदस्यमा वडा नं ११ बाट मंगोल नेशनल अर्गनाइजेसन पाटी सुस्मिता सार्की, वडा नं १६ मा स्वतन्त्रबाट रुपादेवी कार्की खनाल, वडा नं ३ बाट जनता समाजबादी पार्टीबाट गोमादेवी दुवाडीले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यमा वडा नं १६ बाट स्वतन्त्र रुपमा देवकुमार गुरुङ, वडा नं २ बाट जनता समाजबादी पार्टीका ललन ठाकुरले उम्मेदवारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि भोलि सोमबार पाँच बजे सम्म उम्मेदवारी दिने समय रहेको निर्वाचन अघिकृत गौतमले जानकारी दिए ।
























