खेलकुद

चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनः कार्की

Banner

चितवन, वैशाख १०–

चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनः श्रीकृष्ण कार्की चयन भएका छन् । आज –शनिबार) भरतपुरमा भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट चार वर्षे कार्यकालका लागि पुनः कार्कीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

यस्तै संघको उपाध्यक्षमा विनोद लामा, विजय घले र अनिल शाक्य चयन भएका छन् । नवनिर्वाचित समितिको पहिलो बैठकबाट सचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशी मनोनित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सकुन्तला खड्का, अरुणराज पन्त, नविन बस्याल, कृष्ण कार्की, प्रेमबहादुर गुरुङ, रणबहादुर घले, शम्भु वि.क., लालसिंह गुरुङ, ध्रुव भुषाल र दीपक कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यसअघि अधिवेशनको समुद्घाटन सत्रमा बोल्दै अध्यक्ष कार्कीले चितवनमा निकै मेहनतका साथ राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सफल भएको भन्दै आगामि दिनमा अझै ठूला प्रतियोगिताको आयोजना गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>