इच्छकामना

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले दिइन् राजीनामा

Banner

चितवन, वैशाख ९–

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाकी अध्यक्ष गीता कुमारी गुरुङले राजीनामा दिएकी छन् । आज (शुक्रबार) अध्यक्ष गुरुङले उपाध्यक्ष कृतिकुमार श्रेष्ठसामु राजीनामा पेश गरेकी हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा खटिनुपर्ने भएकाले राजीनामा दिएको गुरुङले बताइन् । निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेद्वार बन्न राजीनामा दिनै पर्ने कार्यविधि बनाएपछि आचारसंहितालाई मान्दै राजीनामा दिएको उनको भनाई थियो । अध्यक्ष गुरुङले विगत पाँच वर्षमा आफूले गरेको काम गाउँबासीसामु छर्लङग रहेको भन्दै सदैव जनताको सेवामा लाग्ने बताइन् । उ

नले सबैको साथ र सहयोगले आफू निर्वाचित भएको भन्दै कुनै पनि जनतालाई राजनीतिक दृष्टिकोणले नहेरी सबैको साझा अभिभावक भएर जिम्मेवारी निर्वाह गरेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>