राजनीति

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

Banner

काठमाडौं,बैशाख ९-

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरुले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए।

आयोगबाट त्यसको जवाफ आइनसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा रहेर चुनावी तालमेल गरेकाले कतिपय स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>