Breaking News

कार्यकर्तालाई गठबन्धन विरोधी गतिविधि नगर्न चितवन कांग्रेसको निर्देशन

Banner

चितवन, वैशाख ९–

नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै पनि भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘गठबन्धनलाई नकरात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ।’

भरतपुरमा कुनै पनि हालतमा कांग्रेसले मेयर नछाड्ने अडान लिएको थियो । तर शीर्ष नेतृत्वमा भएको बैठकले भरतपुर माओवादीको भागमा परेपछि चितवनमा कांग्रेस कार्यकर्ताहरु रुष्ट छन् ।

सभापति खनालले पार्टीको केन्द्रले गरेको निर्णय कार्यकर्ताले मान्नुपर्ने भन्दै अन्य गतिविधि नगर्न आग्रह गरेका हुन् । केन्द्रीय भागबण्डा अनुसार भरतपुरको मेयर माओवादी र उपमेयर कांग्रेसले पाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>