Breaking News

चितवनमा आज यस वर्षकै सबैभन्दा धेरै गर्मीे, तापक्रम बढेर ३८ डिग्री पुग्यो

Banner

चितवन, वैशाख ४-

चितवनमा वैशाख लागेसँगै गर्मी ह्वात्तै बढेको छ ।

आज यो वर्षकै धेरै तापक्रम रेकर्ड भएको हो ।

भरतपुर विमानस्थलका अनुसार शनिबार र आज आइतबार चितवनको तापक्रम न्यूनतम २१ डिग्री सेन्टिग्रेड र अधिकतम ३८ डिग्री सेन्टिग्रेड रहेको छ । गर्मी बढेसँगै चितवनको नारायणगढ, भरतपुर, रत्ननगर, टाँडी, भण्डारा, शारदानगरलगायतका बजारी क्षेत्रमा मानिसको चहलपहल घट्दै गएको देखिन्छ ।

मौसम विद्हरुले भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेकोले नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान छ ।

गर्मीयामसँगै देशभरको तापक्रम बढेको छ । विशेषगरी तराईको तापक्रम अझ बढिरहेको छ । हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ । ‘भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘यसरी नै तापक्रम बढ्दै गएमा तराईमा तातो हावा चल्न सक्ने देखिन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>