चितवन विशेष

भरतपुर महानगरका स्वास्थ्य स्वयंसेविकाको भत्ता बढाउँछु: मेयर दाहाल

Banner

चितवन, चैत २६-

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायमा आधारित भएर स्वास्थ्य सेवा र सचेतनाको क्षेत्रमा उल्लेखिय योगदान दिएकोमा स्वास्थ्य स्वयंमसेविकाहरुको प्रशंसा गरेकी छन् ।

शनिवार भरतपुरमा आयोजित मेयरसँग महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका आमा बच्चा स्वास्थ्य अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै सो कुरा बताएकी हुन् ।

सो अवसरमा प्रमुख दाहालले आफू महानगरमा प्रमुखको रूपमा पदभार ग्रहण गरेको पहिलो निर्णय भरतपुर अस्पतालमा महिला तथा वृद्धहरूलाई ओपीडी टिकटमा छुट दिएर सुरु गरेको र निरन्तर रूपमा महिला बालबालिका तथा एकल महिलाहरूको पक्षमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताइन् ।
विगतमा महिला स्वास्थ्य स्वयंमसेविकालाई न्यूनतम सेवा सुबिधा प्रदान गरिरहेको र आउँदा दिनहरूमा यसलाई बढाएर लैजाने उनले बताइन् । यातायात र सञ्चार खर्च र चार्डपर्व खर्च थोरै भएपनि सुरूवात गरिएको र ६० बर्ष उमेर पुगेका स्वयंमसेविकालाई ५० हजार नगद सहित सम्मान गर्ने कार्यको सूरूवात गरिएको समेत बताइन् । बिमा प्रोत्साहन भत्ताका साथै अन्य सेवा सुबिधाहरू कार्यविधि बनाइ एक रूपतामा प्रदान गर्ने समेत उनले बताइन् ।

प्रमुख दाहालले स्वास्थ्य स्वयंमसेविकाहरूले खोप ,आमा तथा बालबालिका स्वास्थ्य शिक्षा तथा सचेतनाका साथै सरूवा रोग सम्बन्धी सचेतना प्रवाह गरी समुदायमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उच्च मनोबलका साथ सामुदायको स्वास्थ्य सेवामा लाग्न आग्रह गर्दै आफू स्वास्थ्य स्वयंमसेविकाको साथमा रहेको बताइन् ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूले समुदाय स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य सचेतनाको साथै खोप र स्वस्थ जीवनयापनमा राष्ट्रलाई योगदान दिएकोमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूलाई धन्यवाद दिएका थिए । दिगो विकास लक्ष्य हासिल गर्न मात्रृशिशु, आमाबच्चा सुरक्षा, आधारभूत स्वास्थ्य शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूको योगदान रहेको बताए ।

सो अवसरमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूले आफूहरूले स्वास्थ्य क्षेत्रमा पु¥याएको भूमिका र आफ्नो समस्याका बारेमा आआफ्नो धारणा राखेका थिए । आमा बच्चा स्वास्थ्य नेपालकी कबिता खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका अन्तरगत २९ वटै वडामा कार्यरत २०७ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>