चितवन विशेष

अमेरिकी साम्राज्यवाद नेपाललाई निल्नको लागि एमसीसीमार्फत् पस्योः विप्लव

०
Banner

चितवन, चैत २४—

नेकपा क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) ले अमेरिकी साम्राज्यवादले नेपाललाई निल्नको लागि अजिङ्गरको रुपमा नेपाल पसेको बताएका छन् ।

अखिल क्रानितकारी मेडिकल विभाग चितवन समितिले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी रुपी अजिङ्गरलाई तरबार चलाउन जरुरी देखिएको बताएका छन् ।

उनले भने, ‘एमसीसीको बहाना बनाएर हतियार, बाटो र यहाँका दलालीहरुको कायरता र लाचारीलाई प्रयोग गरेर अमेरिका यहाँ छिर्दै छ । अजिङ्गरले जसरी जनावारहरु सर्लक्क सर्लक्क निल्छ त्यसरीनै अमेरिकी साम्राज्यवाद हाम्रो नेपाललाई निल्न लागि परेको छ । एमसीसीबाट अमेरिका नेपालमा अजिङ्गर छिरेजसरी छिरेको छ ।’

साथै विप्लवले संसदबाटै देशलाई कानुनी बाटोबाट बेच्न खोजिएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी यो देशमा रहेसम्म देशलाई कसैले पनि गुलाम बनाउन नसक्ने उनको भनाइ छ । उनले आफै संघर्षको मोर्चामा नेकपाले नेतृत्व गर्ने बताएका छन् । एमसीसीलाई नेपाली जनताले घरघरबाट अस्वीकार गरेको उनको जीकिर छ । एमसीसी जबरजस्ती लाद्नुको कारण सरकार सत्ता, देश बचाउन र नेतृत्व गर्ने हैसियतको नभएको उनको ठहर छ । सरकारले मुठ्ठीभर दलाल पूँजिपतिहरुको नेतृत्व मात्र गर्ने गरेको विप्लवको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>