चितवन विशेष

अमेरिकी साम्राज्यवाद नेपाललाई निल्नको लागि एमसीसीमार्फत् पस्योः विप्लव

Banner

चितवन, चैत २४—

नेकपा क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) ले अमेरिकी साम्राज्यवादले नेपाललाई निल्नको लागि अजिङ्गरको रुपमा नेपाल पसेको बताएका छन् ।

अखिल क्रानितकारी मेडिकल विभाग चितवन समितिले गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी रुपी अजिङ्गरलाई तरबार चलाउन जरुरी देखिएको बताएका छन् ।

उनले भने, ‘एमसीसीको बहाना बनाएर हतियार, बाटो र यहाँका दलालीहरुको कायरता र लाचारीलाई प्रयोग गरेर अमेरिका यहाँ छिर्दै छ । अजिङ्गरले जसरी जनावारहरु सर्लक्क सर्लक्क निल्छ त्यसरीनै अमेरिकी साम्राज्यवाद हाम्रो नेपाललाई निल्न लागि परेको छ । एमसीसीबाट अमेरिका नेपालमा अजिङ्गर छिरेजसरी छिरेको छ ।’

साथै विप्लवले संसदबाटै देशलाई कानुनी बाटोबाट बेच्न खोजिएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी यो देशमा रहेसम्म देशलाई कसैले पनि गुलाम बनाउन नसक्ने उनको भनाइ छ । उनले आफै संघर्षको मोर्चामा नेकपाले नेतृत्व गर्ने बताएका छन् । एमसीसीलाई नेपाली जनताले घरघरबाट अस्वीकार गरेको उनको जीकिर छ । एमसीसी जबरजस्ती लाद्नुको कारण सरकार सत्ता, देश बचाउन र नेतृत्व गर्ने हैसियतको नभएको उनको ठहर छ । सरकारले मुठ्ठीभर दलाल पूँजिपतिहरुको नेतृत्व मात्र गर्ने गरेको विप्लवको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>