चितवन विशेष

भरतपुर महानगरपालिका–२ को वडा अध्यक्षमा एमालेका उम्मेदवार कृष्ण केसी चयन

Banner

चितवन, चैत २४-

आगामी स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर २ बाट एमालेको वडा अध्यक्षमा कृष्ण केसी चयन भएका छन् ।

एमाले वडा नम्बर २ को कमिटीले केसीलाई अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन गरेको हो ।

एमाले वडा कमिटीका अध्यक्ष लक्ष्मण सुवेदीले केसीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाइएको भन्दै आगामी निर्वाचनमा अध्यधिक मतका निर्वाचित हुने दाबी गरे ।

विसं २०३६ सालमा विद्यार्थी जीवनदेखि राजनीति सुरु गरेका केसी पछि नेपाली सेनामा जागिरको लागि प्रवेश गरेका थिए । सेनाबाट सुवेदार पदमा सेवा निवृत्त भएपछि केसीले २०६१ सालदेखि भरतपुर महानगरपालिका–२ वडामा राजनीति र समाजसेवामा सक्रिय रहँदै आएका छन् । ५७ वर्षीय केसी नारायणगढ क्षेत्रपुरका स्थायी बासिन्दा हुन् । दुई पटक वडा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै अहिले वडाको इन्चार्जको रुपमा केसीले एमालेमा काम गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>