चितवन विशेष

भरतपुरको केन्द्रीय बस टर्मिनलमा वैशाख २ गते राप्रपाको वृहत् आमसभा

Banner

चितवन, चैत २३-

आगामी वैशाख २ गते राप्रपाले स्थानीय निर्वाचनलाई लक्षित गरेर चितवनमा वृहत् आमसभा गर्ने भएको छ ।

आमसभालाई सम्बोधन गर्न राप्रपाका शीर्षनेताहरु चितवन आउने भएका हुन् । यही वैशाख २ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने हुने वृहत् आमसभालाई सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही आउने कार्यक्रम रहेको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिए ।

आमसभा पूर्व झाँकीसहितको ¥याली समेत निकाल्नेछन् । कार्यक्रम २ गते बिहान ११ बजेदेखि सुरु हुने राप्रपा चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>