अर्थ

चितवनका व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

Banner

चितवन, चैत २२-

उद्योग वाणिज्य संघ चितवनले व्यवसायीलाई करसम्बन्धी एक दिने अभिमुखीकरण दिएको छ ।

३६ वटा वस्तुगत संघका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीले कर तिर्नु दायित्व भएको तर कर तथा राजश्व व्यवसायीका हित र प्रवद्र्धनमा समेत खर्च गरिनुपर्ने धारणा राखे । उनले सरकारले लिएका करसम्बन्धी नयाँ नीति, छुटको व्यवस्थालगायतका विषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

सोही कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले करदाता सरकारले दिएका छुट र दिएका अवसरका बारेमा अनभिज्ञ हुँदा जटिलता सिर्जना हुने गरेको बताए । उनले कर प्रशासन र कर नीति व्यवसायी मैत्री रहेको बताउँदै जटिलता सिर्जना भएमा सहजीकरणको लागि आफू सहयोगका लागि सदैब तत्पर रहेको बताए । सोही काय्र्रक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले कर शिक्षासम्बन्धी कार्यक्रमहरु आन्तरिक राजश्व कार्यालयको समन्वयमा आगामी दिनहरुमा निरन्तर गरिने बताए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत विष्णुबहादुर राउतले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संघका अध्यक्ष श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापनसहित कार्यक्रम सम्पन्न भएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>