धादिङ

धादिङमा माओवादीबाट निर्वाचित एक मात्र पालिका अध्यक्ष हरि डल्लाकोटी एमाले प्रवेश

Banner

धादिङ,चैत २१-

नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज नेकपा एमालेका अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो । उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्कनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>