चितवन विशेष

नेकपा एस चितवनका दुई जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा

Banner

चितवन, चैत १६-

नेकपा एकीकृत समाजवादी चितवनका दुई जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित भएको छ ।

जिल्ला सदस्य प्रकाश तामाङ पाख्रिन, राजकुमार गुरुङ र भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष किरण परियार, उपाध्यक्ष विकास तामाङसहित वडा कमिटी नै एमालेमा समाहित भएको हो ।

आज एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् चितवन इन्चार्ज देवी ज्ञवाली, वाग्मती प्रदेश कमिटी सदस्य तथा सांसद कृष्ण भुर्तेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने र सहसचिव प्रकाश ढुंगानाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । प्रकाश तामाङ गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । उनी वडामा लोकप्रिय युवाका रुपमा परिचित छन् । एकीकृत समाजवादीले देश र समाज परिवर्तन गर्न नसक्ने भन्दै पुरानै घर फर्किएको तामाङले बताए । उनले अन्य समाजवादीमा रहेका नेता, कार्यकर्ताहरुलाई पनि एमाले फर्कन आव्हान गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>