Breaking News

असन्तुष्टी जनाउँदै भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य क्षेत्रीले दिए राजीनामा

Banner

चितवन, चैत १६-

भरतपुर महानगरपालिकाअन्र्तगत गठन भएको प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त साहित्यकार एलबी क्षेत्रीले आज राजीनामा दिएका छन् ।

उनले आज राजीनामा पत्र बुझाउन महानगरपालिकाकी मेयर तथा प्रज्ञा प्रतिष्ठानकी कुलपति रेनु दाहाल भेट्न गएका थिए तर भेट नभएपछि सदस्य सचिव बालकृष्ण थपलियालाई राजीनामा पत्र बुझाएर फर्किएका हुन् । हिजो चैत १५ गते महानगरपालिकामा भएको शपथ ग्रहण समारोहमा पनि क्षेत्री उपस्थित थिएनन् ।

राजीनामा दिएपछि नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै साहित्यकार क्षेत्रीले प्रज्ञा प्रतिष्ठान गठन गर्नु उत्कृष्ट काम भए पनि गठको प्रक्रिया प्राज्ञिक हुन नसकेको बताएका छन् । उनले भने, ‘ म सन्तुष्ट छैन । प्रज्ञा प्रतिष्ठान गठन गर्नु उत्कृष्ट काम हो तर प्रक्रिया प्राज्ञिक भएन । को भयो, को एन भन्दिन । जे भयो प्राज्ञिक भएन । मेरो मन मानेन । राजनीतिक खेमाबाट टीका लगाउने होइन ।’ उनले प्रतिष्ठानको सदस्य भएको भन्ने समाचारमा सुनेको तर आधिकारिक पत्र अहिलेसम्म नआएको जानकारी दिए ।

साहित्यकार क्षेत्रीले बुझाएको राजीनामा पत्रमा आफ्नै सिमाना, बाध्यता र समयाभावले गर्दा म यस गरिमामय प्रज्ञा प्रतिष्ठानमा प्रज्ञासभा सदस्य भएर बस्न असमर्थ रहेको जानकारी गराएका छन् । उनले आफ्नो ठाउँमा कुनै उपयुुक्त व्यक्तिलाई नियुक्त दिन पनि अनुरोध गरेका छन् । कविता, निवन्ध लेखनमा सक्रिय साहित्यकार क्षेत्री वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको पूर्वक्याम्पस प्रमुखसमेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>