खेलकुद

भैरहवामा बन्यो बहुउद्देश्यीय खेलमैदान

Banner

भैरहवा, चैत १२-

सिद्धार्थनगर नगरपालिकाले बहुउद्देश्यीय खेलकुद मैदान बनाएको छ । नगरको खेलकुद विकासमा टेवा पुग्नेगरी सिद्धार्थनगर नगरपािलका वडा नम्बर ३ मा खेलकुद मैदान निर्माण गरी शनिवारदेखि सञ्चालनमा आएको हो ।

दुई चरणमा गरी तीन करोड ६३ लाख लागतमा बनेको खेलमैदानको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले गरेका छन् । करिब चार बिगाहा क्षेत्रफलमा रहेको खेलमैदानमा एथलेटिक्स, फुटवल मैदानसहित सबै प्रकारका खेल खेल्न मिल्छ । सिद्धार्थनगरमा क्रिकेट रंगशाला भए पनि अन्य खेलका लागि समस्या थियो । यही कारण नयाँ खेल मैदान बनाएको नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले भने ।

पहिलो चरणको खेलकुदको मैदान निर्माण, पर्खाल निर्माण र जग्गा सम्याउने काम एक करोड ७६ लाख २७ हजार चार सय ८५ रुपैयाँ लागत अनुमानमा ९७ लाख ३४ हजार दुई सय १९ रुपैयाँमा टेन्डर भई सम्पन्न भएको छ । दोस्रो चरणमा प्रवेशद्वार, शौचालय र माटो पटान गरी एक करोड ३० लाख १० हजार दुई सय ४ रुपैयाँ लागत अनुमान गरेकोमा ७६ लाख ९५ हजार सात सय २८ रुपैयाँको टेण्डर भई काम अन्तिम चरणमा रहेको इन्जिनीयर अर्यालले बताए ।

लक्ष्मणले गरे जग्गादान

बहुवर्षीय कार्यक्रमअन्तर्गत १२ करोड लागतअनुमान रहेको यस परियोजनमा बिस्तारै अन्य भौतिक संरचना क्रमशः निर्माण गर्दै जाने तयारी छ । फुटबल मैदान बनाउने लक्ष्य रहेको मैदानमा प्याराफिट, दक्षिण तर्फ बगैँचा लगयतको संरचना रहने छन् । खेल मैदानमा जाने बाटो थिएन, जग्गादाता लक्ष्मण पन्थी र राधिका उपाध्यायले खेल मैदान प्रवेश गर्ने ३० फिट चौडा बाटो कुल दुई कठ्ठा सवा दुई धुर जग्गा दान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>