अर्थ

प्रतितोला ३०० ले बढ्यो सुनको मुल्य, चाँदीको स्थिर

Banner

काठमाडौँ, चैत ७-

आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोवार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर भएर प्रतितोला १३ सय ७५ रूपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>