प्रवास
एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता
०
लन्डन, चैत ६-
गैरआवासीय नेपाली संघको २४ र २५ तारिख हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।
संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो ।
करिब एक सय ५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो ।
संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ । अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा। बद्री केसी र रविना थापाबीच निर्वाचन हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>