चितवन विशेष

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा होलीको रौनक

Banner

चितवन, चैत २-

फागुपूर्णिमा अर्थात् होलीको अवसरमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा विशेष कार्यक्रम भएको छ ।

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले फागुपूर्णिमाको अवसर पारेर शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आज क्याम्पसमा होली विशेष कार्यक्रम गरेको हो ।

बिहान ७ः३० बजेबाट १०ः ३० बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा चितवनका स्थानीय कलाकारहरुले गीत, गजल र नृत्यमार्फत होलीको रौनक बढाएका छन् । स्थानीय गायक शिव कँडेल र अश्विन घिमिरेले गीत गाउँनुका साथै विद्यार्थीहरु आपसमा रंग दलेर होलीमा शुभकामना आदानप्रदान गरेका थिए ।

अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य तथा सप्तगण्डकी क्याम्पस सञ्चालक समितिको सदस्य ऋषिकेश रेग्मी, क्याम्पस प्रमुख मणिराज महतो, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य देव पाठक अतिथिको रुपमा विद्यार्थीहरुलाई हौसला थप्न कार्यक्रममा सहभागी थिए । अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाको अनुसार कोरोनाको महामारीकाकारण रोकिएका सबै कार्यक्रमलाई अब पुर्णरुपमा निरन्तरता दिन क्यामपसमा होली कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘धेरै औपचारिक कार्यक्रमहरु हुन नसकेको अवस्थामा हामीले नेपाली संस्कृतिलाई निरन्तरता दिँदै आपसी सद्भाव बढाउन कार्यक्रम राखेका हौं ।’ अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता गोकुल पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>