चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पसमा भोलि फागुपूर्णिमा विशेष सांगितिक कार्यक्रम हुने

Banner

चितवन, चैत १-

सप्तगण्डकी बहुमुखी क्याम्पसमा भोलि फागुपूर्णिमा विशेष कार्यक्रम हुने भएको छ ।

फागुपूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीले सो कार्यक्रम गर्न लागेको हो ।

बिहान ७ बजेबाट सुरु हुने कार्यक्रममा चितवनका स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिने अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘कोरोनाको महामारीले धेरै औपचारिक कार्यक्रमहरु हुन नसकेको अवस्थामा नेपाली संस्कृति र परम्पराको निरन्तरतास्वरुप विशेष कार्यक्रम राखेका छौं ।’ कार्यक्रममा क्याम्पसमा बीए, बीबीएस, बीएड, बीएस्सी, बीबीए, बीबीआईएम, बीसीए अध्ययनरत विभिन्न विद्यार्थीहरुले सामूहिक र एकल नृत्यका साथमा गीतसंगीत प्रस्तुत गर्ने जनाइएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>