चितवन विशेष

नारी दिवसः भरतपुरमा १९ आदर्श दम्पती सम्मानित

Banner

चितवन, फागुन २४–

११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चितवनमा १९ आदर्श दम्पती सम्मानित भएका छन् । भरतपुर महानगरपालिकाले आज (मंगलबार) भरतपुर महानगरपालिका भित्रका १९ आदर्शन जोडीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले सम्मानितहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित हुनुहुनेमा बुद्धिप्रसाद/चिजमाया देवकोट, डा.रवि मोहन/सुलोचना सापकोटा, अनुप/मिलन लामा तामाङ, जितेन्द्रराज/रञ्जु कोइराला, शंकर/कल्पना पौडेल, ज्ञानबहादुर/धनमाया थापा, चन्द्र/विष्णुमाया, बालकृष्ण/उषादेवी श्रेष्ठ, इश्वर/निर्मला गिरी रहेका छन् ।

यस्तैगरि अन्य सम्मानित हुनुहुनेमा लालबहादुर/कालिका गुरुङ, केदारनाथ/राधिका अधिकारी, अञ्जन प्रसाद/कोपिला अधिकारी, दलबहादुर/माया थापा, खगराज/राधा सुवेदी सापकोटा, टंकप्रसाद/सीता पौडेल, ताराराज/सरस्वती लुइँटेल, मेटबहादुर/सोममाया मगर र सकुबहादुर/सम्झाना तामाङ रहेका छन् ।

सानालाई सम्मान, ठूलालाई आदार, परिवारमा महिलाको सम्मानलगायत सूचांकका आधारमा आदर्श दम्पती सम्मान गरिएको भरतपुर महानगरपालिकाकी महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारी, चितवन जिल्ला बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>