Breaking News

झण्डै एक अर्बको लागतमा भरतपुर महानगरको प्रशासनिक भवन बन्ने, ६ तले भवनमा लिफ्टसहित २२१ कोठा

Banner

मधुसूदन दवाडी

चितवन, फागुन २२-

भरतपुर महानगरपालिकाले झण्डै एक अर्बको लागतमा नयाँ प्रशासनिक भवन बनाउने भएको छ । भरतपुरको अर्को ठूलो परियोजनाको रुपमा महानगरले आज निर्माणको लागि बोलपत्र आव्हान गरेको हो ।

महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको आवश्यकता परेको महानगरपालिकाले जनाएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज फेसबुक स्टाटस लेख्दै महानगरको प्रशासनिक भवनको बिगत देखिनै अति आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले स्टाटसमा लेखेकी छन्, ‘पुरानो भवन हिजो नगर पञ्चायत हुदाको ३५–३७ वर्ष पुरानो भवनबाट महानगरपालिका भइसक्दा पनि अहिलेको आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवन बनाउन लागिएको हो ।’ मेयर दाहालका अनुसार संघीय अर्थ मन्त्रालय, वागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित्ता गरे पश्चात आज महानगरले ९४ करोड ३२ लाख ३० हजार लागतको भवनको ठेक्का आब्हान गरेको छ । विकेन्द्रित सेवाहरू अब छिट्टै सुविधा सम्पन्न महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहजरुपमा प्रदान हुने विश्वास महानगरपालिकाको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले ६ तलाको प्रशासनिक भवनमा दुईवटा लिफ्टसहित २२१ वटा कोठा रहने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘अहिलेको महानगरपालिकाको पार्किङ स्थलमा नयाँ भवन बनाउने योजना रहेको छ । नयाँ भवन बनेसँगै अहिलेको पुरानो भवनलाई भत्काइने छ ।’ प्रत्येक तला २१०७ स्क्वाएर फिटको रहने छन् भने सबै तलामा कार्यशालाहरु र बैठक सञ्चालन गर्ने हलहरु बन्ने छन् । महानगरपालिकाले चैत २२ गतेसम्मको मिति राखेर आज बोलपत्र आव्हान गरेको छ । इन्जिनियर आचार्यले भने, ‘ स्थानीय निर्वाचनले भवन निर्माण हुने काम रोकिँदैन । बोलपत्र मूल्यांकनको काम सकिएसँगै धमाधम निर्माणको काम हुनेछ । सम्झौंता भएको मितिले अढाइ वर्षमा भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>