Breaking News

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक २ बजेका लागि सर्‍यो

Banner

काठमाडौँ, फागुन २१–

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकको समय परिवर्तन गरिएको छ ।

आज (आइतबार) ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सरेको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक २ बजेका लागि सरेको जानकारी दिए ।

माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटी विस्तारलगायतका एजेन्डा छन् । यस्तै आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ ।

बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>