Breaking News
चितवनमा बलात्कारका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ, भरतपुर कारागार चलान
०

चितवन, फागुन १६–
बलात्कारका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजा भिरकोट नगरपालिका–२ बस्ने बर्ष ३० का विवेक अधिकारी छन् ।
स्याङजा जिल्ला अदालतले २०७५ असार २५ गते गरेको फैसलाले अधिकारीलाई जबरजस्ती करणी उद्योग मुद्धामा ४ बर्ष कैद तोकिएको थियो । लगत्तै फरार रहेका अधिकारीलाई हिजो मात्रै पक्राउ गरि आज चितवन जिल्ला अदालतमा उपस्थित गराईएको थियो ।
चितवन जिल्ला अदालतको आदेशले अधिकारीलाई जिल्ला कारागार भरतपुरको थुनामा पठाईएको चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















