देश/प्रदेश

नेपालमा केहीदिन मौसम सफा हुने, पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय

Banner

काठमाडौं, फागुन १६–

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि सोमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>