अन्तर्राष्ट्रिय

युक्रेन संकटः तीन दिनमा करिब २ लाखले देश छाडे

Banner

काठमाडौं, फागुन १५-

युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो ।

४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् । जबकी डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन् । युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगरी र मोलडोवामा पनि हजारौं मानिसले शरण लिएको बीबीसीले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>