Breaking News

कांग्रेस अधिवेशनः चितवनमा संस्थापनका उम्मेद्वार मिलनबाबु, संस्थापन इतरमा रस्साकस्सी

Banner

चितवन, फागुन १४–

नेपाली कांग्रेस चितवनको अधिवेशनका लागि उम्मेदवार तय गर्न नेताहरुलाई सकस परेको छ । विशेषगरि संस्थापन इतरका उम्मेद्वार तय गर्न चितवनमा रस्साकस्सी चलिरहेको छ । संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवा पक्षबाट मिलनबाबु श्रेष्ठ जिल्ला सभापतिको उम्मेद्वार बन्ने लगभग टुंगो लागेको छ । श्रेष्ठ बाहेक अन्य उम्मेद्वार बन्ने संभावना देखिदैन ।

सोही अनुरुप बागमती प्रदेशका मन्त्री समेत रहेका श्रेष्ठ अहिले चुनावी दौडधुपमा व्यस्त छन् । उनी मतदाताहरुलाई आस्वास्त पार्न कोशिस गर्दै आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् । नारायणी अनलाइनसंग कुरागर्दै श्रेष्ठले संस्थापनबाट आफू नै एक्लो उम्मेद्वार तय भइसकेको बताए । ‘सबैको सल्लाहबाट म उम्मेद्वार बन्ने निधो भइसकेको छ, मतदातासंग भेटघाट अभियानमा छु’–श्रेष्ठले भने ।

संस्थापन इतरमा भने सामूहिक उम्मेद्वार को बन्ने भन्ने नै अझै अन्यौल छ । नेतै पिच्छेले आफ्नो उम्मेद्वार अगाडि सारेका छन् । शंशाक कोइरालाले उतम जोशी, रामचन्द्र पौडेलले डा.सुर्यकान्त घिमिरे, शेखरले राजेश्वर खनाललाई आश्वासन दिएका छन् । तर सबै मिल्नुको विकल्प नरहेकाले साझा उम्मेद्वार तय हुन सकेको छैन ।

यही समस्यालाई मध्यनजर गर्दै केन्द्रीय नेताहरु नै उम्मेद्वार मिलाउन चितवन आउँदैछन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले हालसम्म कुनै पक्षबाट पनि आधिकारिक उम्मेदवार तय नभइसकेको जानकारी दिए । ‘साथीहरु उम्मेद्वार बन्न लागि परिरहनु भएको छ, साझा उम्मेद्वारका लागि केन्द्रीय नेता नै चितवन आउन लागेको सुनेको छु’–श्रेष्ठले भने ।

यस्तै कांग्रेस चितवनको सह–सचिवका उम्मेद्वार राजन कार्कीले जिल्लामा अझै पनि उम्मेद्वार टुंगो नलागेको जानकारी दिए । आफू मतदाताको घरदैलेमा हिँडिरहेको भन्दै अहिल्यै केही भन्न नसकिने बताए ।

उम्मेद्वार आफ्नो पक्षमा माहोल बनाउन काठमाडौँ केन्द्रीत छन् । चितवनमा फागुन १६ गतेका लागि तय भएको अधिवेशन अहिले स्थगित छ । नयाँ मिति घोषणा भएपछि औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने तयारीमा उम्मेद्वारहरु छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>