अन्तर्राष्ट्रिय

रुस–युक्रेन तनावः रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

Banner

मस्को, फागुन १३–

रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ ।

रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>