चितवन विशेष

अमेरिका निवासी चितवनका गीतकार श्रेष्ठको गीत ‘राम्रो चितवन’ सार्वजनिक हुँदै

Banner

चितवन, फागुन ७-

अमेरिका निवासी चितवनका गीतकार जयराम श्रेष्ठको शब्दमा सजिएको ‘राम्रो चितवन’ गीतको म्युजिक भिडियो भोलि आइतबार दिउँसो सार्वजनिक हुँदै छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सो भिडियो सार्वजनिक हुन लागेको हो ।

चितवनको गाथा भरिएको उक्त गीतलाई चितवनकै गायक तथा संगीतकार विश्व प्रधानले संगीत दिएका छन् भने उक्त गीतमा प्रविशा अधिकारी र संगीतकार विश्वप्रधानको स्वर रहेको छ ।

बीमाइनर रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतमा प्रमोद परियारको संगीत संयोजन रहेको छ । गायक तथा संगीतकार विश्व प्रधानको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोको सम्पूर्ण छायाङ्कन चितवनमा नै भएको र उक्त भिडियोमा श्रयश प्रधान र ओशिका केसीको अभिनयले गीतमा थप सुन्दरता थपेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>