Breaking News

बालगृहबाटै बालबालिका बेचबिखनको जोखिम, संरक्षणका लागि साथसाथ परियोजना जारी

  • Logo
    app haru
  • ५ फाल्गुन २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ५ –
बाल गृहहरुबाटै बालबालिका बेचबिखनको जोखिम रहेको पाइएको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले एक्प्याट लक्जम्बर्ग र शक्ति समूहसँगको समन्वयनमा आज बिहीबार भरतपुरमा पत्रकारहरुलाई दिएको प्रशिक्षण कार्यक्रममा सो कुरा जानकारी गराइएको हो ।

प्रशिक्षक अधिवक्ता सुखदेव सापकोटाले संयुक्त राज्य अमेरिकाको २०१७ को मानव बेचबिखन विरुद्धको प्रतिवेदन (टिप रिर्पोट) का बारेमा जानकारी दिँदै सो कुरा बताएका हुन् । टिप रिर्पाेट अनुसार मुख्यतः दर्ता नगरी तथा न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका बालगृहहरुमा पारिवारिक हेरचाह नपाउने भएकाले बेचबिखनको जोखिममा रहेका हुन्छन् । पर्यटक तथा स्वयंसेवकबाट चन्दा संकलन गर्नका लागि बालबालिकाको ओसारपसार गर्ने व्यक्तिले अभिभावकहरुलाई झुटो आस्वासनमा पारी बालबालिकालाई बाल गृहमा पु¥याउने र अन्तमा यी बालबालिकाहरुलाई बाबुआमा बिहिन बनाउन बाध्य गर्ने गरेको पाइएको रिर्पाेटमा उल्लेख छ ।
अधिवक्ता सापकोटाका अनुसार अनुसार नेपालमा २०७२ सालको भूकम्प र हाल चलिरहेको कोभिड महामारीका बेलामा बेचबिखन तथा बालबालिका शोषणको जोखिम झन् उच्चबिन्दुमा पुगेको बताए ।

अर्का प्रशिक्षक सन्तोष महर्जनले बालबालिकाप्रति एउटा परिवार वा संरक्षक, सरकार र सञ्चार क्षेत्रको दायित्व रहने व्यवस्था कानुनले नै गरेको बताए । यी सबै क्षेत्रले आआफ्नो दायित्व निर्वाह गर्न सके बालबालिका शोषणमा कमी ल्याउन सकिने महर्जनले बताए ।

कार्यक्रममा सेलर्डका अफिसर जग्गनाथ सुवेदीले एक्प्याट लक्जबर्गले नेपालमा सुरु गरेको ‘सुरक्षाको लागि साथसाथ’ परियोजना जारी रहेको बताए । २०७७ को असोजबाट सुरु भएको परियोजना २०८० सम्म जारी रहने छ ।

नेपालमा बालगृहरुहरुमा बालबालिकाको संभावित बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनिकरण तथा बालबालिकाको लागि बालमैत्री वातावरण सुनिश्चित गर्ने लक्ष्यका साथ परियोजना सुरु गरिएको हो । एक्प्याटले शक्ति समूह र सेर्लडसँग समन्वयन गरी यस परियोजना चलाइरहेको छ । सोही परियोजना अन्तर्गत नै आज चितवनमा पत्रकारहरुलाई प्रशिक्षण गराइएको सुवेदीले बताए । परियोजनाले सम्बन्धीत सबै क्षेत्रका व्यत्तित्वहरुलाई प्रशिक्षण गराउँदै आएको छ ।
सुवेदीका अनुसार यो परियोजना हाल ३ प्रदेश र ११ जिल्लाका २० पालिकाहरुमा केन्द्रित छन् । चितवनमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका रहेको छ ।

उक्त परियोजनाको तथ्यांकअनुसार नेपालमा ४८९ वटा बाल गृहहरु दर्ता भई सञ्चालनमा रहेका छन् भने ११ हजार ३५० बालबालिकाहरु संरक्षित रहेका छन् ।

विश्वव्यापी रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारको समस्या नेपालको लागि प्रमुख चुनौतीको रुपमा रहि आएको परियोजनाको प्रतिवेदनमा उल्लेख छ । विगतमा नेपालबाट महिलाहरुको यौन शोषणको उद्देश्यले गन्तव्य राष्ट्र भारत र विश्वका अन्य देशहरुमा बेचबिखन र ओसारपसार गर्ने गरिएता पनि हालको समयमा बालबालिकहरुको बेचबिखन तथा ओसार पसार देशभित्रै पनि भइरहेको विभिन्न प्रतिवेदनले देखाएको कुरा परियोजनाको प्रतिवेदनमा उल्लेख छ ।

यस परियोजनाको मुख्य उद्देश्यहरुमा मानव बेचबिखनका सवालको सम्बोधन तथा न्यूनीकरण गर्नका लागि नीतिगत ढाचा र संरक्षण संयन्त्र निर्माणका लागि सहजिकरण गर्ने, बेचबिखनबाट प्रभावित बालबालिकालाई सेवा प्रवाह गर्नका लागि तालिम तथा जनचेतनाका माध्यमबाट तीनै तहका सरकार र सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने र बाल गृहभित्र मावन बेचबिखनमा पर्ने संभावना भएका तथा जोखिमपूर्ण अवस्थाबाट उद्दार गरिएका बालबालिकालाई संरक्षण र उपयुक्त सहायता प्रदान गर्न सहयोग गर्ने रहेको छ ।

सम्बन्धित समाचार :

बालबालिका तथा मानव बेचबिखनका सम्बन्धमा चितवनका पत्रकारलाई प्रशिक्षण

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>