Breaking News

चितवनमा गैंडा मृत्यु प्रकरणः निकुञ्जका कर्मचारीलाई विभागीय कारवाही गर्न निर्देशन

Banner

चितवन, फागुन ३–

गत माघमा भरतपुरस्थित निर्माणाधीन नालामा खसेर एक गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीलाई विभागीय कारवाही गर्ने निर्देशन दिईएको छ ।

वन तथा वातावरण मन्त्रालयले गैंडाको मृत्यु भएको घटनामा कर्मचारीसमेत दोषी देखिएकाले विभागीय कारबाही गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई निर्देशन दिएको हो ।गैंडाको मृत्युसम्बन्धि छानबिन गर्न वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवद्वारा गठित समितिले कर्मचारीसमेत दोषी देखिएको र विभागीय कारबाही गर्न सिफारिस गरेकाले मन्त्रालयले सोमबार विभागलाई कारबाहीका लागि पत्राचार गरेको हो ।

विभागका महानिर्देशक रामचन्द्र कँडेलले प्रतिवेदनमा उल्लेख भएअनुसार निकुञ्जका कर्मचारीलाई नसिहत दिने र सजग गराउने प्रक्रिया तत्काल अघि बढाउने बताए ।

मन्त्रालयले प्रतिवेदनमा दोषी ठहरिएका र निर्देशन दिन सिफारिस गरिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका निकायलाई पनि मातहतका निकायका कर्मचारीलाई कारबाही गर्न सोमबारै पत्राचार गरेको छ ।

असावधानीपूर्वक काम गर्ने/गराउने, सुरक्षाको प्रबन्धन गर्ने, सरोकारवाला निकायहरुसँग समन्वयन गर्ने सडक डिभिजन भरतपुरका पदाधिकारीलाईसमेत निजामती सेवा ऐन, २०४९ अनुसार विभागीय कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिन भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>