चितवन विशेष

चितवनमा फागुन १२ गते चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रिमियर शो हुँदै

Banner

चितवन, माघ २९-

चितवनमा नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो हुने भएको छ ।

लक्की मिडिया हाउसले विभिन्न नेपाली कलाकारहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो ।

कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र आम दर्शकलाई चलचित्र भवनमा चलचित्र हेर्नका लागि आह्वान गर्दै प्रिमियर शो कार्यक्रम गर्न लागिएको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शोको तयारी गरिएको लक्की मिडिया हाउस चितवनका कार्यक्रम संयोजक हरि कार्की ’लक्की’ले जानकारी दिए ।

प्रिमियर शो सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा फागुन १२ गते, बिहीबार साँझ ६ बजे गरिँदैछ । कार्यक्रममा नेपाली सिने क्षेत्रमा अतुलनीय योगदान दिएका कलाकारसँगै चितवनमा विभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिलाई सम्मान गरिने मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले बताए ।

कार्यक्रममा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का कलाकारहरु सँगै अन्य चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिति रहने बताइएको छ । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ । यसअघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

सिनेमामा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर सिनेमाको कथा लेखेका हुन् । निर्देशक सुदर्शन थापा र अभिनेत्री शर्माको लगानी रहेको सिनेमाका सह निर्माता जन्मजय र साम्पाङ राई हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>