Breaking News
मनाङमा छैनन् कोरोना संक्रमित, चितवन सहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित
०

काठमाडौँ, माघ २९
हाल मनाङमा मात्र कोरोना सक्रिय संक्रमितको संख्या शून्य रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मनाङमा मात्र कोरोना संक्रमितको संख्या शून्य रहेको हो ।
त्यस्तै माघ दोस्रो साता पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्ला २० थियो भने हाल १३ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित रहेका छन् ।
प्रदेश १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा, बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, र काभ्रेपलाञ्चोक, गण्डकीमा कास्की, लुम्बिनी प्रदेशमा बाँके, रुपन्देही र सुदूरपश्चिमको कैलालीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
यस्तै सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, बर्दिया, दाङ र कञ्चनपुर गरी १४ वटा जिल्लामा भने २ सयभन्दा बढी संक्रमित छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























