क्रिकेट

ओमान भ्रमणमा सागर ढकाल थपिए, १७ सदस्यीय टोली आज ओमान उड्ने

Banner

काठमाडौँ, माघ २५–

नेपाल क्रिकेट संघ (क्यान)ले ओमान भ्रमणका लागि एक खेलाडी थप गरेको छ । युवा स्पिनर सागर ढकाललाई समेट्दै क्यानले अन्तिम १७ सदस्यीय टोली घोषणा गरेको हो ।

पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका बायाँ हाते स्पिनर सागरलाई नेपालले चार देशसँग हुने टि२० आई सिरिजको लागि थपेको हो । सागर पहिलो पटक नेपाली सिनियर टोलीमा परेका छन् । सिरिजको प्रदर्शनपछि नेपालले टि२० विश्वकप खेल्ने अन्तिम १४ सदस्य टोली घोषणा गर्ने छ । गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सलाई उपाधि जिताउन प्रतियोगितामा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका थिए ।

नेपाली टोली आजै राति ओमान प्रस्थान गर्दैछ । ओमान भ्रमणमा नेपालले आयरल्याण्ड, ओमान र युएईसंग टि–२० सिरिज खेल्ने छ । लगत्तै त्यसको ३ दिनपछि आइसीसी टि–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने छ ।

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, अभिनाश बोहरा, जितेन्द्र मुखिया, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी , लोकेश बम र सागर ढकाल ।

अफिसियलः

टिम म्यानेजरः सुमनराज कार्की
मुख्य प्रशिक्षकः पुबुदु दासानायके
बलिङ प्रशिक्षकः धमिका प्रसाद
टेक्निकल एनालिस्टः रमन शिवाकोटी
फिजियोः विक्रम न्यौपाने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>