Breaking News

अख्तियारको आदेशलाई अटेर गर्दै भरतपुर महानगरपालिका : भरतपुर माविमा भएको अनियमितताको छानबिनमा ढिलाइ

Banner

चितवन, माघ २१ –

भरतपुर महानगरपालिकाले भरतपुर माविमा भएको अनियमितताको छानबिन गर्न ढिलाइ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न महानगरपालिकालाई भनेको थियो । तर महानगरपालिकाले १२ दिन बितिसक्दा पनि कुनै प्रतिवेदन पठाउन सकेको छैन ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले छानबिन समिति गठन गरिएको बताउँदै अब छानबिन हुने बताए । उनले ७ दिनको म्याद कम भएको बताउँदै छानबिन गर्न लामो समय लाग्न सक्ने बताए ।

भरतपुर माविमा अनियमितता भएको भन्दै माघ ७ गते अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीका विषयमा स्थलगत अवलोकन गरी आवश्यक कागजपत्र सहित संलग्न गरी रायसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पठाउन महानगरपालिकालाई अख्तियारले भनेको थियो । तर प्रतिवेदन अहिलेसम्म नआएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडांैले जनाएको छ ।

उजुरी दर्ता नम्बर सी– ०२४२७५ मा दर्ता भएको उक्त उजुरीमा विविध विषयमा अनियमितता भएको उल्लेख छ । उजुरीमा दोषीलाई छानबिन गरी कारबाहीको माग गरिएको छ ।

शिक्षण अनुमति प्राप्त नभएका ७ जना व्यक्तिलाई व्यवस्थापन समितिले आर्थिक चलखेल गरी नियुक्ति दिएको, प्राविधिक विषय अध्ययनमा छात्रवृत्तिको नाममा अनियमितता भएको, सिटिइभीटी को प्रोग्राम सञ्चालनको लागि निर्माण गरिएको भवनमा समेत चरम दुरुपयोग भएको, विभिन्न समयमा नियम विपरीत विद्यालयका प्राचार्यले विद्यालयको खाताबाट रकम निकालेर दुरुपयोग गर्ने गरेको, विद्यालयले अध्यक्षलाई लाखौं पैसा दिनुपर्ने देखाएको लगायतका विविध अनियमितताका विषयमा अख्तियारमा उजुरी परेको छ ।

उजुरीमा शिक्षकहरु भुमिनन्दा न्यौपाने, भगवती पौडेल गौतम, सामी लिम्बु, दिला मगर, तुलाराम दरै, हरी चापागाईं, पुष्पा भूषाल र एक जना नाम थाहा नभएको भनी ८ जनाले शिक्षण अनुमति प्राप्त नगरी अध्यापन गराइरहेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>