खेलकुद
मौरिसस फुटबल टोलीलाई सम्मान, पर्यटन र भाईचारा विकास गर्ने विश्वास

एजेन्सीको सहयोगमा
चितवन, माघ २०
नेपाल मौरिसस विजेनेस काउन्सिलले बुधबार रात्री भोजको आयोजना गरेको छ । नेपाली टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्नका लागि आएको मौरिसस टोलीको सम्मानमामा सो कार्यक्रम आयोजना गरिएको हो । नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्कीले मैत्रीपूर्ण खेलले पर्यटन र भाईचारा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबिचको पर्यटन लगायत अन्य कार्यको विकास गर्न सफल हुने आशा व्यक्त गरे । काउन्सिलका अध्यक्ष बटु लामिछानेले भ्रमणले नेपाल र मौरिससबीच जनस्तरमा सम्बन्धलाई अझ बलियो हुने विश्वास व्यक्त गरे । उनले दुई देशबिच पर्यटन प्रवद्र्धन र ब्यापार प्रवद्र्धनका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल एक सुन्दर राष्ट्र भएको भन्दै विश्वमा शान्ति फैलाउने बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सरगमाथा रहेको देश, पौराणिक र पुरातात्विक संरचनाले भरिपूर्ण भएको एक पर्यटकिय स्थल रहेकोले फुटबल खेलका माध्ययमले पर्यटनको विकास गर्न मद्दत पुग्ने भन्दै दुई देशबिच पर्यटन आदान प्रदानलाई सहयोग पुग्ने बताए ।
वेलनेस अर्गानिक क्लब रेष्टुरेण्टमा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा मौरिसस टोलीका खेलाडीलाई मायाको चिनोको रुपमा नेपाली ढाका टोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो । नेपालसँग शनिबार र मंगलबार खेलका दुवै मैत्रीपूर्ण खेल मौरिसस समान १–० ले पराजित भएको थियो ।

























