कर्पोरेट

साङ्ग्रीला श्रेष्ठको संयोजकत्वमा नेपाल बैँकर्स संघ वाग्मती प्रदेश समिति गठन

Banner

चितवन, माघ २०-

बागमती प्रदेशमा वाणिज्य बैँक तथा सम्बन्धित निकायबीच समन्वय र छलफलका निमित्त प्रादेशिक समिति गठन गरिएको छ ।

समितिमा केही हेरफेर गरेर साङ्ग्रीला श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय नयाँ समिति गठन भएको हो । समितिको उपसंयोजकमा दिपक लम्साल, सदस्यमा विष्णु रेग्मी, भरत थापा, दुर्गाराज पाण्डे, लक्ष्मी थपलिया र सदस्य सचिवमा सुवर्ण बुढाथोकी रहेका छन् । समिति संयोजक श्रेष्ठ एनसीसी बैँकको तर्फबाट, उपसंयोजक लम्साल बैँक अफ काठमाडौँबाट, सदस्य रेग्मी कुमारी बैँकबाट, सदस्य थापा नबिल बैँकबाट, सदस्य पाण्डे सिद्धार्थ बैँक र सदस्य थपलिया मेघा बैँकबाट समितिमा प्रतिनिधित्व गरेका छन् । त्यसैगरी समितिको सदस्य सचिव बुढाथोकी भने सिटिजन्स बैँक इन्टरनेशनलबाट समितिमा छनोट भएका हुन् ।

बैँकर्स संघको नयाँ बागमती प्रदेश समिति गठन भएको जानकारी जिल्ला प्रशासन कार्यालय चितवनलाई गराउँदै त्यसको बोधार्थ भरतपुर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला स्वास्थ्य कार्यालय चितवन, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>