समाचार

टिपरले ठक्कर दिदा आगो तापिरहेका दुई जनाको मृत्यु

Banner

काठमाण्डौ ,माघ १८ ।

बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको ज्यान गएको छ। बढैयाताल गाउँपालिका–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

भे १ क १४९५ नम्बरको टिपरको ठक्करबाट ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग गरी नेपालगञ्ज–गुलरिया सडक खण्डको भोलागौडीमा प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>