समाचार
समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे
०

बागलुङ, १८ माघ
समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन हुनुभएको छ । जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उहाँलाई संयोजकको जिम्मेवारी तोकेको हो ।
छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयोजक घिमिरेले बताउनुभयो । उहाँले सङ्गठन विस्तारको काम पनि सँगसँगै अघि बढ्ने उल्लेख गर्नुभयो । घिमिरे न्यूज–२४ टेलिभिजन र नेपालदूत अनलाइनमा कार्यरत हुनुहुन्छ ।
(रासस) :
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























