देश/प्रदेश

नेपालमा फेरि देखियो बर्डफ्लु

Banner

चितवन,माघ १८-

नेपालमा फेरि बर्डफ्लुको संक्रमण देखापरेको छ। मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लु रोग (HPAI H5N1)  पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको जनाएका छन्।

थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको पनि उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>