Breaking News

मालपोत कार्यालय भरतपुरमा भिड : न समाजिक दुरी, न खोप कार्ड अनिवार्य

  • Logo
    app haru
  • १७ माघ २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ १७ –
मालपोत कार्यालय चितवन भरतपुरमा भिड बढेको छ । एक हप्ता बन्द भएर आजबाट खुलेको कार्यालयमा सेवाग्राहीको भिड बढेको हो ।

मालपोतमा न सामाजिक दुरी कायम गरिएको छ । न खोप कार्डलाई अनिवार्य गरिएको छ । भिड देख्दा यस्तो लाग्छ कि चितवनमा कोरोनाको जोखिम नै छैन । चितवनमा सबै क्षेत्र निर्वाधरुपमा खुलिसकेको अनुभुति हुन्छ ।

कार्यालयका सूचना अधिकारी रामप्रसाद खनालले एक हप्ताको बन्दले बीचमा रोकिएका कामहरु आउँदा भिड बढेको बताए । मालपोतका ५ कर्मचारीमा एक हप्ताअघि कोरोना देखिएकोमा अहिले ४ जना निको भएर काममा फर्किएका उनले जानकारी दिए । कार्यालय प्रमुखलाई भने अझै निको भएको छैन ।

उनले कार्यालयमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको बताए । खोप कार्ड बिना प्रवेश गर्न नदिन सुरक्षा गार्डलाई निर्देशन दिइएको उनको भनाइ छ । तर मालपोतमा खोप लगाए नलगाएको कुनै जाँच गरिएको छैन । खोप कार्ड भए पनि नभए पनि प्रवेश गर्न दिइएको छ ।

भरतपुरको सप्तगण्डकी चोकबाट मालपोत आएका सेवाग्राही धिरज खत्रीले कार्यालय प्रवेश गर्दा खोप कार्ड देखाउन नपरेको बताए । आफू बिहान १० बजेदेखि नै कार्यालयमा रहेको बताउँदै उनले यहाँ कसैको खोप कार्ड चेक गरिएको आफूले थाहा नपाएको बताए ।

कोरोना भाइरसको नयाँ रुप ओमिक्रोनको जोखिम चितवनमा उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाका विभिन्न नियम बनाएको छ । जिल्लामा विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द छन् भने २५ जनाभन्दा बढी भेला नगर्न भनिएको छ । सरकारी कार्यालय, रेष्टुरेण्ट लगायतका केही भिडभाड हुने क्षेत्रमा खोप कार्ड अनिवार्य गर्न भनिएको छ । सामाजिक दुरीसहित स्वास्थय मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले आदेश जारी गरेको छ ।

भिडियो केही समयमा यहाँ र फेसबुक पेजमा देखिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>