क्रिकेट
श्रीनिवास नेपालका फिल्डिङ कन्सल्ट्यान्ट
०

काठमाडौं, माघ १७-
नेपाल क्रिकेट संघ (क्यान) ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी-२० विश्वकप छनोटका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो ।
श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।
श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।
‘प्रशिक्षक श्रीनिवासले अमेरिकामा मसँगै काम गरेका छन् । उहाँ उर्जावान फिल्डिङ प्रशिक्षक हुनुहुन्छ,’ पुबुदुले भने ।
नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























