प्रवास

एनआरएनएको नयाँ अन्तर्राष्ट्रिय तदर्थ समिति गठन

Banner

काठमाडौं, माघ १६ –
नन रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) को नयाँ अन्तर्राष्ट्रिय तदर्थ समिति गठन भएको छ ।

माधव मरासिनीको अध्यक्षतामा गठन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दया शाक्य, उपाध्यक्षमा रामहरी खड्का र महासचिवमा नवराज सुवेदी चयन भएका छन् ।

एनआरएनको निर्धारित मितिमा चुनाव गर्न नसकेर संस्था नै बदनाम भैरहेको समयमा पुनः गैर आवासीय नेपालीहरूलाई समेट्दै चलायमान, पारदर्शी र प्रजातान्त्रिक विधिबाट संस्थालाई अगाडि बढाउने उद्देश्यसहित नयाँ अन्तर्राष्ट्रिय समितिको गठन गरिएको अध्यक्ष मरासिनीको भनाइ छ ।

एनआरएनको वर्तमान नेतृत्व दिशाहीन र आफ्नो व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने थलो मात्रै बनाइएको भन्दै केही सिमित व्यक्तिको राजनीतिक र अन्य स्वार्थ मात्रै पूरा गर्ने थलो बन्दै धनीहरूको क्लव जस्तो हुँदा सबै गैर आवासीय नेपालीले संस्था बन्न नसकेकाले नयाँ अन्तर्राष्ट्रिय समितिको गठन गर्नुपरेको संस्थाका उपाध्यक्ष खड्काको भनाइ छ ।

अमेरिकामा रहेर गैर आवासीय नेपालीहरू माझ आफ्नो विशेष पहिचान बनाएका उपाध्यक्ष खड्का लोकप्रिय, समाजसेवी एवं कुशल संगठकको रूपमा परिचीत छन् । एनआरएनएको उपाध्यक्ष रहेका खड्का उत्तर अमेरिकी क्षेत्रको संयोजक समेत छन् । विषम एवं ऐतिहासिक घडीमा संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै संस्थाको गरिमा, विधी र प्रजातान्त्रिक मुल्य, मान्यतामा कुनै सम्झौता नगर्ने खड्काले प्रतिवद्धता गरेका छन् ।

अहिलेको वर्तमान कार्यसमितिलाई संस्थाको विधानअनुसार चलाउन आग्रह गर्दा नेतृत्वले सुधार गर्नुको सट्टा झन् गुटबन्दी गर्ने, निशेध गर्ने र सामाजिक सञ्जालबाट चरित्र हत्या गर्ने लगायतका क्रियाकलाप हुन थालेपछि नयाँ संस्थाको अवधारणा बनाउनुपरेको नयाँ कार्यसमितिले जनाएको छ ।

नव(गठित नन रेसिडेन्ट नेपाली एसोसिएसन अन्तर्राष्ट्रिय तदर्थ समितिमा सबै देशका प्रतिनिधिहरू समावेश हुने क्रम जारी रहेको, विधान निर्माणदेखि अन्य संस्थागत कामहरू अगाडि बढिरहेको जानकारी महासचिव सुवेदीले नयाँ अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेका छन् ।

दोलखा घर भएका सुवेदीले अमेरिका बसेर नेपालमा विपत्तिको बेला धेरै सहयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>