चितवन विशेष
भरतपुरको मालपोत चोकमा कर्मा रेष्टुरेन्टको तेस्रो शाखा सञ्चालनमा

चितवन, माघ १३–
भरतपुरको मालपोत चोक अगाडि कर्मा रेष्टुरेन्टको तेस्रो शाखा सञ्चालनमा आएको छ । कोरोना माहामारीका कारण पारिवारिक सदस्यको उपस्थितिमा सामान्य रुपमा रेष्टुरेन्टको सांकेतिक उद्घाटन गरिएको हो ।
यो तेस्रो शाखाको ग्रान्ड ओपनिङ केही समयपछि गर्ने संचालक दुर्गादत्त अधिकारीले बताए । साढे तीन करोड रुपैयाँको लगानी रहेको रेष्टुरेन्टमा तीन महिलासहित १९ जनाले यहाँ रोजगारी पाएका छन् ।संचालक अधिकारीले आफ्नै बुबाको पेसालाई अपनाएका हुन् । २०४४ सालमा उनले पहिलो पटक चितवनको सौराहामा ५७ हजारको लगानीमा होटल स्थापना गरेका थिए । त्यसपछि उनले भरतपुरको सहिदचोकमा कर्मा रेष्टुरेन्ट स्थापना गरे । यसको दोस्रो शाखा काठमाडौँमा रहेको छ । यो स्थानमा आउन धेरै बाधा अड्चनलाई छिछोलेको उनले स्मरण गरे ।

आज तेस्रो रेष्टुरेन्टको उद्घाटन होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष इमान्दु बरालले गरेका थिए । उनले गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । ग्राहकलाई सन्तुष्ट पार्दै प्रदान गरिने सेवाको उचित मूल्य राख्न अनुरोध गरेका छन् ।


























